समाज : सुरक्षा/अपराध

पाँच हजार घुससहित प्रहरी जवान पक्राउ

माघ ८, २०७६

    जनकपुरधाम : व्यापारीसँग घुस लिएको आरोपमा सिरहाको सुखीपुरबजारबाट एक प्रहरी जवान पक्राउ परेका छन्।

    बुधबार बिहान इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । एक व्यापारीसँग घुस लिने बित्तिकै प्रहरी जवान यादवलाई सुखीपुर बजारबाटै नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ। 

    भारतीय बजार लदनियाँबाट समान ल्याउन मद्दत गरिदिने भन्दै यादवले व्यापारीसंग घुस लिएको बताइएको छ। अख्तियारको टोलीले यादवलाई बर्दिबास कार्यालय लगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]