|

बारा : पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करलाई चालकलाई बारा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। 

ईलाका प्रहरी कार्यालय सिमराअन्तर्गत अम्लेखगञ्जवाट खटिएको प्रहरी टोलीले हेटौंडाका ३३ बर्षीय राजीव बम्जनलाइ १० बोतल लागुऔषध सहित पक्राउ गरेको हो।

ना ४ ख ५५९० नम्बरको डिजल बोक्ने ट्यांकर चलाउने बम्जनले लागुऔषध ओसारपसार गर्ने गरेको सूचनाको आधारमा नियन्त्रणमा लिइरहेको प्रहरीले जानकारी दिएको छ। निजका साथबाट प्रहरीले ‘वनरेक्स’ नामक लागुऔषध बरामद गरेको छ।  

ईप्रका सिमराका प्रहरी नायव उपरिक्षक (डिएसपि) गोविन्द पुरीले   पेट्रोलियम पदार्थ बोक्ने ट्यांकीको  तेल निकाल्ने दाहिने पट्टी गेटभल भित्र प्लाष्टिकमा लुकाई राखेको अवस्थामा लागुऔषध भेटिएको बताए । 

लागुऔषधसहित पक्राउ परेका बञ्जनलाई इप्रका सिमराले मंगलवार नै लागुऔषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। पेट्रोलियन पदार्थ बोकेको ट्यांकरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.