|

बुटवलः रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुख ५ हजार रुपैंया घुससहित पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई  घुस लिदालिदैं रंगेहात पक्राउ गरेको हो। 

अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि माग गरेको रकम लिदालिदैँ बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको हो।

घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.