|

पाेखरा : गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा उजुरी दिने तयारी गरेका छन्।

मंगलबार पोखराको भण्डारढिकमा आयोजित पहिलो मुख्यमन्त्री कपको खेल मैदानमै विवाद भएपछि सांसद गुरुङ (दीपक मनाङे)बाट कुटिएका एन्फा कास्कीका अध्यक्ष गुरुङले उनी विरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन्। 

अध्यक्ष गुरुङले बुधबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘एन्फामाथि भ्रष्टाचारको आरोप लगाउनुभएको छ, त्यसलाई प्रमाणित गर्नुपर्‍यो। आरोपमात्रै लगाएर उम्किन त पाइँदैन ।’

अध्यक्ष गुरुङले सांसद भन्दैमा मान्छे कुट्न छुट नभएको पनि बताए। ‘आजै जिप्रकामा जिउधनको सुरक्षासहित कुटपिटविरुद्ध उजुरी दर्ता गर्छु,’ उनले भने। सांसद गुरुङले अध्यक्ष गुरुङलाई पिटेकाे स्वीकारिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.