|

इटहरी : भौतिक पूर्वाधार निर्माणको अधिकांश कम सुरु हुने समयमा इटहरीमा उपमहानगरपालिकाका इञ्जिनियरहरूले धमाधम राजीनामा दिन थालेका छन्।

करिब दुई हप्ता अगाडि उपमहानगरका वरिष्ठ इञ्जिनियर अर्जुन दाहालले राजीनामा दिएका थिए। उपमेयर लक्ष्मी गौतमको व्यवहारले आजित भएर राजीनामा दिएको दाहालले बताउँदै आएका छन्।

उपप्रमुख गौतमले भने भाटभटेनी सुपर मार्केट बनाउन कानुनी प्रक्रिया छलेर निर्माण अनुमति दिएको आरोप दाहालमाथि लगाएकी थिइन्। आरोपसहित संचारमाध्यममा खबर आएपछि काम गर्न सक्ने अवस्था नभएको भन्दै दाहालले राजीनामा पत्र लेखेर सामाजिक सञ्जालमा र कार्यालयमा बुझाएका थिए।

दाहालले मात्र हैन उपमहानगरका घरनक्सा शाखाका प्रमुख इञ्जिनियर विकास भट्टराईले पनि राजीनामा बुझाएका छन्। भट्टराईले घरायसी काम देखाउँदै राजीनामा दिएका छन्। सेवाग्राहीको ठूलो चाप हुने घरनक्सा शाखा र बजेट कार्यान्वयन गर्ने योजना महाशाखा अही नेतृत्वविहीन छ।

काम छोड्ने मात्र हैन लोकसेवामा लिखितमा नाम निकालिसकेका इन्जिनियरहरूको संख्या पनि धेरै छन्। करारमा काम गर्दै आएका इन्जिनियरहरू लोकसेवामा नाम निकाएपछि पनि इटहरी नबस्ने मनसाय व्यक्त गरिरहेका छन्।

लोकसेवामै नाम निकालेर योजना शाखामा काम गर्दै गरेका महेश धिताल पनि राजीनामा दिएर पहाडी जिल्ला रोजेर गइसकेका छन्। घरनक्सा र योजना शाखामा काम गर्दै आएका अधिकांश करारका कर्मचारीहरूले लोकसेवामा लिखितमा नाम निकाली सकेपछि इटहरीको प्राविधिक कर्मचारी कम हुने देखिन्छ।

'नाम निस्किहाल्यो भने इटहरी त रोजिदैन बरू पहाडी जिल्ला गइन्छ', करारमा काम गर्दै आएका एक कर्मचारी भन्छन्, 'जनप्रतिनिधि बीच धेरै खिचातानी छ, बसेर सहजसँग काम गर्न सक्ने वातावरण नै छैन।’

बजेट कार्यन्वयनमा असर

कर्मचारी पूरा हुँदासमेत बजेट खर्चको स्थिति कमसल देखिएको इटहरीमा इन्जिनियरहरूले राजिनामा दिएपछि झन् बजेट खर्च हुन् असहज देखिएको छ। गत आर्थिक वर्षको बीचमा बजेट कार्यान्वयन फितलो देखिएको इटहरीको यो पटकको बजेटको कार्यान्वयनको अवस्था पनि न्यून छ।

चालु आर्थिक वर्ष २०७६/२०७७ को ५ महिनाको अवधिमा इटहरीले पुँजीगत बजेटको ६.५२ प्रतिशत मात्र खर्च गरेको इटहरीले प्राविधिक नेतृत्व नहुँदा थप बजेट खर्च गर्न असहज देखिन्छ।

उपमहानगरको पूँजीगत अर्थात् विकास बजेटको ठूलो हिस्सा सडक निर्माणमा विनियोजन गरिएको छ। तर, सडक तथा पुलपुलेसा निर्माण जिम्मा लिने महाशाखाको नेतृत्व भने कसैले लिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.