|
फाइल तस्बिर

काठमाडौं : विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकका लागि एनसेलले ‘टुरिष्ट सिम’को सेवा सुरु गरेको छ। एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको यो योजना बुधबारबाट संचालनमा आएको छ।

यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बण्डलिङ गरिएको प्याक लिन सक्ने एनसेलले जनाएको छ।

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले करसहित १०० रुपैयाँमा टुरिष्ट सिम सहितको स्टार्टर प्याक लिन सक्छन्। यो प्याकमा पर्यटकले ३० रुपैयाँ मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउँछन्।

यो सिममा पे यज यु यो रेट लागू नहुने र पर्यटनले नेपालको बसाइँ र सेवाको आवश्यकताबमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीनदेखि तीस दिनसम्म समयसीमा रहेका विभिन्न पाँच कक्बो प्याकमध्ये कुनै एक प्याक लिन सक्ने एनसेलले जनाएको छ।

एनसेलका अनुसार पर्यटकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखि तयार पारिएका कम्बो प्याकमा तीनदिने प्याकको करसहित २९० पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ। ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाइस रहेको ७ दिने प्याकको करसहित ४९० तोकिएको छ भने करसहित ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाइस बण्डल गरिएको प्याक लिन सक्छन्। 

लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन्। २८ दिने प्याकअन्तर्गत पर्यटकले करसहित १ एक हजार ४७० मा २८ जिबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाइस सेवा प्राप्त गर्नेछन्। त्यसैगरी ३० दिने प्याकअन्तर्गत करसहित २ हजार ८८८ मा ८८ जिबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाइस सेवा पाउँने एनसेलले जनाएको छ।

पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिइसकेपछि एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्ने पनि एनसेलले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.