|

काठमाडौं : गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हान्‍नै पर्ने भएर हानेको प्रतिक्रिया दिएका छन्। बुधबार पोखरामा पत्रकारसम्मेलन गरेर मनाङेले ठगलाई सबक सिकाउन झापड हानेको प्रतिक्रिया दिएका हुन्। 

‘यो मान्छे नामुद ठग रै'छ। मैले एक झापड हान्दिएँ,’ उनले भने, ‘मुख्यमन्त्री कप भइरहेको छ। यसलाई मुख्यमन्त्रीले हान्‍नुपर्ने मैले पो हानेँ।’ मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटनअघि उनीहरू दुईबीच भनाभन भएको थियो।

सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने, खेल मैदानको व्यवस्था नगरेको भन्दै मुक्का हानेका थिए। 'झापड हान्न हुन्थेन भनेर धेरैले सोधे। ए बाबा झापड हान्ने कुनै निकाय हुन्छ' उनले भने।

‘मलाई यसलाई कुट्दा राम्रो लागेको छ,’ उनले भने, ‘ठग्नेलाई कुट्दा मजा लाग्छ। उसले प्रहरीकोमा जाहेरी दिए, ५० वटा जाहेरी दिन्छु।’ 

उनले हिजो एन्फा केन्द्रका अध्यक्ष कर्मा छिरिङलाई नभेटेर नकुटेको प्रतिक्रिया पनि दिए। ‘आज मेरो रिस मरिसक्यो हिजो मैले कर्मा छिरिङलाई हान्थेँ, अनि उही कर्माले बनाएको ठग अध्यक्ष पर्‍यो।’ 

उनले एन्फाका अध्यक्ष गुरुङले गत वर्ष भएकाे मनकामना केबलकार कपका विजेताहरूलाई पुरस्कार नदिएकाे आराेप पनि लगाए। त्यस्तै उनले खेलकाे टाइसेट बनाउँदा मिलिमताे गरेकाे आराेप पनि लगाए।

'टाइसेट बनाउने पनि नियम हुन्छ। एन्फाका जिल्लाका अध्यक्षहरू बसेर बनाउनु पर्छ उसले एकलाैटी बनाएकाे छ,' उनले भने, 'टाइफिक्सिङ पहिलाे पटक देख्दै छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.