|
फाइल फोटो

काठमाडौं : पार्टीभित्रको आन्तरिक विवाद समाधानको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शीर्ष नेताहरूको छलफल भएको छ। 

गत पुस ११ गते सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय समितिबाट महाधिवेशनको मिति घोषणा, सदस्यतासम्बन्धी विधानको धारा निलम्बन, विभाग संख्या थप, भ्रातृसंस्थाको म्याद थप लगायतको निर्णय गरेपछि कांग्रेसमा विवाद चुलिएको थियो।  

विवादकै कारण सभापति देउवाले डाकेको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षले बहिष्कार गर्दै आएको थियो। देउवा निवास बूढानीलकण्ठमा सुरु भएको बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सहभागी भएको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.