गोकर्ण रिसोर्ट कौडीको भाउमा दिएको भन्दै आक्रोश

|
नेविसंघको विरोध कार्यक्रममा बोल्दै नेता प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सामन्तीहरुबाट खोसेर राष्ट्रियकरण गरिएको सरकारी सम्पत्तिमा लुट मच्चाइएको बताएका छन्। 

केपी ओली नेतृत्वको सरकारले गोकर्ण रिसोर्ट कौडीको भाउमा यती होल्डिङ्सलाई दिएको भन्दै बुधबार विरोधमा उत्रिएको नेविसंघको एउटा समूहको कोणसभालाई सम्बोधन गर्दै पौडेलले यसो भनेका हुन्। 

नेता पौडेलले सामन्ती राणाहरुको सम्पत्ति खोस्दा बीपी कोइरालाको पहिलो जननिर्वाचित सरकार ढलेको दाबी गरे। ‘सामान्तको जमिन खोस्दा बिपी कोइरालाको सरकार गयो’, उनले भने, ‘बिपीको सरकार ढलेसँगै आएको पञ्चायतले राज्यको सम्पत्तिमा ब्रह्मलुट मच्चायो। राजाहरुले प्रशस्त निजी सम्पत्ति कमाउने, लुट्दै जाने सामान्तवादी परम्परा विकास भयो।’

पञ्चायती व्यवस्थाभरी सामन्ती सत्ताले राज्यको सम्पत्तिमा लुट मच्चाएकाले बहुदल ल्याएको उनले बताए । ‘राज्यको सम्पत्तिमा लुट मच्चाउने त्यो शासनलाई हामी सामन्ती सत्ता भन्थ्यौँ’, उनले भने, ‘तर हिजोको सामान्तवादी तौर तरिका अझै कायमै छ। त्यसैको निरन्तरतकारुपमा ओली सरकारले नेपाल ट्रष्टको जग्गा कौडीको भाउमा यती होल्डिङ्सलाई सुम्पिएको छ।’

नेता पौडेलले जमिनमाथि कब्जा जमाएर त्यसैको स्वामित्वबाट राज्यसत्तामा पुग्ने नेपालको पुरानै परम्परा रहेको जिकिर गरे। 

‘जमिनमाथि कब्जा गरेर जमिनको स्वामित्वबाट राज्य सत्तामा पुग्ने पुरानो परम्परा हो’, उनले भने, ‘राणाका आफन्तले जमिन कब्जा गर्थे। गरिबले खेति गरे पनि त्यसको सबै कूत राणलाई नै बुझाउनुपर्थ्यो।’

यती होल्डिङसलाई गोकर्णको २७९२ रोपनी जग्गा मासिक केही लाख रुपैयाँमा भाडामा दिनु सामान्ती परम्पपराकै निरन्तरता भएको उनले दाबी गरे।

‘यति होल्डिङ्स कम्पनीलाई दिइएको गोकर्ण रिसोर्टको २७९२ रोपनीको मासिक भाडा केही लाख मात्रै छ’, उनले भने, ‘यसबाट राज्यका लागि मासिक करोडौँ भाडा लिन सकिन्छ। लिजमा दिँदा राज्यलाई फाइाद हुनुपर्छ। तर ओली सरकारले राज्यको सम्पत्ति सित्तैमा एउटा कम्पनीलाई सुम्पियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.