|

सिन्धुपाल्चोक : जिल्लाबाट माओवादी केन्द्रमा प्रतिनिधित्व गर्ने ७० जना केन्द्रीय नेताहरुले एकसाथ राजीनामा दिएका छन्। माओवादी केन्द्रको प्रथम एकता भेलामा जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गरेर गएका ७० जना केन्द्रीय नेताहरुले संयुक्त रुपमा राजीनामा दिएका हुन्। 

राजीनामा दिनेमा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यदेखि केन्द्रीय सदस्यसम्म छन्। नेकपा माओवादीका केन्दीय नेताहरु कृष्णप्रसाद सापकोटा, केशव नेपाल, दावा तामाङ, माधव सापकोटा, सरल सहयात्री पौडेल, राजकुमार श्रेष्ठ, युवराज दुलाल, अमृता नेपाल लगायत ७० नेताहरुले संयुक्त राजीनामा दिए। 

पोलिटब्युरो सदस्य कृष्णप्रसाद सापकोटाले माओेवादीलाई शसक्त बनाउन राजीनामा दिनुपरेको बताए । ‘हामी पद होइन पार्टी बलियो बनाउन चाहन्छौ,’ उनले भने। राजीनामापछि पार्टीलाई अझै बलियो बनाउन दिलोज्यान दिएर लाग्ने उनले बताए। 

जिल्ला भेलामा विशेष प्रस्ताव राख्दै युवराज दुलालले पार्टीको केन्द्रीय समिति भद्दा भएको कारण त्यसलाई चुस्त बनाई प्रक्रियाको आधारमा पार्टी निर्माणको बहस सिर्जना गर्न ७० जना केन्द्रमा रहेका नेताहरुले राजीनामा दिएको घोषणा गरे।

केन्द्रीय समितिको बैठक बस्न पनि नसक्ने र महत्वपूर्ण निर्णय हुन नसक्ने भएकोले प्रक्रियाको आधारमा पार्टी निर्माण गर्न राजीनामा दिएको माओवादी केन्द्रका जिल्ला सहसंयोजक माधव सापकोटाले बताए । ‘प्रक्रियाको आधारमा पार्टीं निर्माणको बहस गर्न राजीनामा दिएको भएपनि पार्टीको जिम्मेवारीबाट पन्छने छैनौं,’ उनले भने।

लामो समयदेखि पार्टी संगठनलाई वैज्ञानिक विधि मार्फत अगाडि बढाउने प्रतिबद्धता नेताहरुले व्यक्त गरेका छन् । स्थानीय तहको चुनावमा नमुना जिल्लाको रुपमा सिन्धुपाल्चोक जिल्लाका माओवादी केन्द्रलाई स्थापित गर्ने उद्देश्य रहेकाले एकरुपताका साथ निर्वाचनाको तयारीमा लाग्न आफ्ना जिल्ला नेता तथा कार्यकर्तालाई नेताहरुले आग्रह गरे। एकता भेलामा सिन्धुपाल्चोक जिल्लाका माओवादी केन्द्रका नेता तथा कार्यकर्ता बाक्लो उपस्थित थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.