|

काठमाडौं  नुवाकोटको त्रिवेणीधाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ। १६ देखि २४ माघसम्म त्रिवेणीधामको पूर्वाधार विकास र प्रचारप्रसारको उद्देश्य राखेर महायज्ञ आयोजना हुने महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाले महायज्ञको उद्देश्य र लक्ष्यबारे जानकारी गराएका हुन्। त्रिवेणीधाममा एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ महायज्ञ आयोजना गर्न लागिएको कथावाचक इश्वरकृष्ण महाराजले बताए।

उनले भने, 'नेपालमा धार्मिक क्षेत्रबाट पर्यटनको विकास गरी समृद्धी हासिल गर्न सम्भव छ।' त्रिवेणी धार्मिक हिसाबले र आफैँमा अति रमणीय पवित्र स्थान भएकोले सबैलाई एक पटक जान आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा बौद्ध महासंघका उपाध्यक्ष धर्मगुरु  खेम्पो कमल भण्डारीले महायज्ञमा माघ १६ र १७ गते मात्र प्रवचन दिने बताए। उनले नेपाल जात, धर्म र प्राकृतिक धरातलले विश्वमा प्रख्यात रहेको पनि जानकारी दिए। उनले विदेशबाट आउने पर्यटक अधिकांश नेपालमा धार्मिक कारणले आउने गरेका बताए। उनले हिन्दु र बौद्ध धर्मको दृष्टि फरक भएपनि चर्या एउटै हुने उल्लेख गरे।

त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले जानकारी दिइन्। उनले महायज्ञ मूल समारोह समितिका उक्त कार्यक्रममा प्रमुख अतिथिहरु हिन्दु धर्मका ईश्वर कृष्ण महाराज र बौद्ध धर्मका तर्फबाट खेम्पो कमल भण्डारी रहेका थिए। नुवाकोटको त्रिवेणी धाममा १ लाख पर्यटक भित्राउने योजना रहेको बताएका छन्।

कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष श्रीराम कृष्ण थापाले महायज्ञका माध्यमले त्रिवेणीधामबारे विश्वभर जानकारी गराउने लक्ष्य राखिएको बताए।  त्रिवेणी तीन खोला वा नदीको संगम भएकाले अति पवित्र पुण्य स्थानको रुपमा मानिने भएकाको नेपालमा मात्र नभएर पुरै विश्वमा नै यसबारे प्रचार हुनुपर्ने बताए।

थापाले उक्त स्थानमा धर्मशालाको निर्माण, विभिन्न देवीको देवताको मन्दिर निर्माण र ध्यान केन्द्रको निमार्ण तथा बौद्धमार्गीहरुको लागी गुम्बा निर्माण गर्ने कार्य हाल भइरहेको जानकारी दिए। महायज्ञबाट संकलित रकम त्रिवेणीधामको पूर्वाधार विकासमा खर्च हुने उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.