|

डोटी : सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिएका छन्।  एक महिला र एक अन्य गरी दुईजनाका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट तारमान स्वार र शारदा भट्ट, नेपाली कांग्रेसका तर्फबाट तुलसीदेवी देवकोटा र प्रताव सिं ठगुन्ना उम्मेदवार रहेका छन।

राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने गर्दछन्।  सुदूरपश्चिम प्रदेशसभाका प्रदेश सदस्य ५३ जना, ८८ स्थानीय तहका प्रमुख तथा उपप्रमुख १ एक ७६ गरी कुल २ सय २९ मतदाता रहेका छन।  कुल प्रदेशसभा सदस्यको दुई हजार ४ सय ४५ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखको ३ हजार एक ६८ गरी ५ हजार ७ सय १२ मतभार सुदूरपश्चिम प्रदेशमा रहेको छ।

 प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखको एक मत बराबर १८ मतभार मानिने मुख्य निर्वाचन अधिकृत काफ्लेले बताए।

मतदान बिहीबार बिहान १०:०० बजेदेखी बेलुकी ४:०० बजेसम्म हुने छ। मतदाताले मतदानका लागी निर्वाचन आयोगको कार्यालयबाट बिजेता प्रमाणपत्र, मतदाता परिचयपत्र देखाएर मतदान गर्न पाउने भएका छन।

राष्ट्रियसभा निर्वाचनलाई अबसर पारेर सुदूरपश्चिमका शीर्ष नेताहरू डोटी पुगेका छन। सुदूरपश्चिम प्रदेशका लागि डोटीमा राष्ट्रियसभाको निर्वाचनको केन्द्र तोकिएपछि सबै नेता डोटी पुगेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.