|

सुर्खेत : आर्थिक अभावका कारण वीरेन्द्रनगर- १६ की नन्दकला विश्वकर्माको उपचारमा ढिलाइ भएको छ। ३ बर्षदेखी पाठेघरको क्यान्सरबाट पिडित भएकी नन्दकलाको उपचारमा आर्थिक अभाव भएपछी सहयोग गरिदिन उनका आफन्तजनले आग्रह गरे।

उपचारका क्रममा  ३ लाख रुपैयाँ खर्च भैसकेको र थप रकम नहुदाँ उपचार गर्न नसिकएको नन्दकलाका छोरी माया सुनारले बताइन्। नन्दकलालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पुर्याएको र ३ लाखभन्दा बढी रकम आवश्यक पर्ने भएपछि घर फर्काएको उनको भनाइ छ। ६० बर्षिय नन्दकलाको उपचारमा वीरेन्दनगर १० सुर्खेतका समाजसेवी प्रेमप्रकाश खड्काले ५ हजार सहयोग गर्ने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.