एयरपोर्टमा अत्याधुनिक स्क्यानर राखिँदै

|

काठमाडौं :  नेपासँग सिमाना जोडिएको छिमेकी चीनमा कोरोना भाइरसबाट १७ जनाको मृत्यु भइसकेको छ।

तीन साताअघि चीनको हुवे प्रान्तस्थित बुहान शहरमा देखा परेको नयाँ किसिमको कोरोना भाइरसको संक्रमण यतिबेला जापान, दक्षिण कोरिया, थाइल्याण्ड हुँदै अमेरिकासम्म पुगिसकेको छ।

छिमेकी देशमा कोरोना भाइरसले धेरैको मृत्यु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित रोगको जोखिम न्यूनीकरण गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कलाई सक्रिय बनाएको छ।

नेपालमा चीनबाट दैनिक हवाई उडान हुन्छ। धेरै पर्यटकहरुको आउजाउ हुने भएकाले चीनबाट आउने विमानका यात्रुहरुलाई उच्च निगरानीमा राखिएको हो।

यस्तयस्तै  कोरिया, थाइल्याण्ड र हङकङ र जापानबाट पनि नेपालबाट सिधा उडान हुन्छ। त्यहाँबाट आउने विमानका यात्रुहरुको स्वास्थ्यलाई उच्‍न निगरानीमा राखिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका हेल्थ डेस्क संयोजक गोपाल पाण्डेले बताए।

‘हामीले चीन, जापान, थाइल्याण्ड र कोरियाबाट आउने यात्रुहरुलाई विशेष निगरानी राखेका छौँ', उनले भने, 'विमानस्थलको हेल्थ डेस्कमा पहिले राखेका केही महत्वपूर्ण उपकरण हटाइएको थियो। अब फेरि सेट गरिँदैछ। यसपछि अझ सुरक्षित काम गर्ने कोसिस गर्दैछौँ।‘

पीपीई सेट स्थापना गरिदै

हाल विमानस्थलमा विश्व वस्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा विदेशबाट दैनिक आउने विरामीलाई उच्च निगरानीमा राखिएको हो।

हेल्थ डेक्स संयोजनक पाण्डेले भने, ‘हामीले शंकास्पद विरामीको उपचार गर्ने ‘थर्मल स्क्यानर’ उपकरण  जडान गर्न खोज्दैछौँ। त्यो उपकरण राख्‍न एयर कन्डिसन एसीयुक्त कोठा हुनुपर्छ। तर हाल यहाँ एसीयुक्त रुम नभई स्क्यानरले काम गर्दैन। विमानस्थलले अहिले उपलव्ध गराएको हेल्थ डेस्क साँघुरो ठाउँमा छ। विमानस्थलले थर्मल स्क्यानर राख्ने उपयुक्त ठाँउ दिँदै। जडान भइसकेपछि काम अघि बढाउँछौं।'

यस्तै  चीन, थाइल्याण्ड, जापान र कोरियासहितका देशबाट आएका उडानका यात्रुलाई हामी एउटा फर्म भराएर विरामी देखिनेलाई सीधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार गरिने पाण्डेले बताए।

पीपीई (पर्सनल प्रोटेक्टिभ ईकुप्मेन्ट) यस्ता संक्रमित र जोखिमपूर्ण क्षेत्रमा काम गर्न जाने स्वास्थ्यकर्मीले लगाउने एकखालको सुरक्षित ड्रेस सेट हो।

जसमा जुत्तादेखि टाउको छोप्ने सबै सेट हुन्छ। यो शरीर भित्र संक्रमण छिर्न नदिने सेट हो। डव्लुएचओले अन्तराष्ट्रियस्तरको यो सेट उपलव्ध गराएको छ।

हाल विमानस्थलमा बब्लुएचओका केही प्रतिनिधि र एकजना कन्सलटेन्ट डाक्टर, तीनजना नर्सिङ अधिकृतले यात्रुको विशेष निगरानी गरेका छन्।

‘अहिले यो विमानस्थल दैनिक २१ घण्टा चल्छ। हामीले पनि २१ घण्टा नै सेवा दिइरहेका छौँ। तीन सिफ्टमा पालो गरेर हेल्थ डेस्कमा स्वास्थ्यकर्मीहरु  छौँ', विमानस्थल हेल्थ डेक्स संयोजक पाण्डेले भने, 'आजबाट चीन, जापान, थाइलाइन्डबाट आउने विमानहरु अवतरण हुनेबित्तिकै विमान भित्रै यात्रुको स्वास्थ्य परीक्षण गरेका छौँ। चीनबाट आउने यात्रुलाई विशेष निगरानीमा राखेका छौँ।'

पशुबाट मानिसमा सर्ने भनिएको यो भाइरस यतिबेला मानिसबाट मानिसमा सर्ने पुष्टि भइसकेको छ। यसले सारा विश्व जगतलाई चिन्तित तुल्याएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उच्च सतर्कता अपनाउन सुरु गरेको छ। मन्त्रालयले मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा धेरै विदेशीको आगमन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कलाई सक्रिय बनाएको हो।

केही दिनअघि अध्ययनका लागि चीन गएका एक ३२ वर्षीय नेपाली विद्यार्थी काठमाडौं आएपछि रुघाखोकी र ज्वरो आए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए।उ

उनलाई कोरोना भाइरसको लक्षण देखिएपछि गत सोमबारबाट अस्पतालमा भर्ना गरेर विशेष निगरानीमा उपचार गरिएको थियो। चीनको बुहानबाट फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको थियो।

तर अहिले ती बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेर घर पठाइएको छ। उनमा कोरोना भाइसको लक्षण भएकाले रगत परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको समन्वयमा भारत पठाइएको हो। तर हालसम्म नेपालमा कोरोना भाइरस भएको पुष्टि  भइसकेको छैन।

के हो कोरोना भाइरस्?

विश्‍व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसको ठूलो समूहको एउटा सदस्य हो।

कोरोनाभाइरस भर्खरै पहिचान गरिएको हो। यो जनावरबाट मानिसमा सर्ने भाइरस हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षण देखिन्छन्।

ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु,श्वासप्रश्वासमा कठिनाइ हुनु,गम्भीर भएमा निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,मिर्गौलाले काम गर्न छोडेर मृत्युसमेत हुन सक्छ। जसले गर्दा यो भाइरसबाट बच्न नियमित रूपमा हात सफा गर्ने, मासु र अण्डा राम्रोसँग पकाएर खाने गर्नु पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.