|

डडेल्धुरा : सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यको लागि मतदान जारी छ। बिहान १० बजेदेखि मतदान सुरु भएको हो।

प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्षरउपाध्यक्ष मतदानस्थल रहेको डोटी पुगेर मतदान गरिरहेका छन्।

उनीहरू प्रदेशको पुरानो सदरमुकाम डोटीको सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरिरहेका हुन्।

एक महिला र एक अन्य गरी दुईजनाका लागि भइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट तारमान स्वाँर र शारदा भट्ट, नेपाली कांग्रेसका तर्फबाट तुलसीदेवी देवकोटा र प्रतावसिं ठगुन्ना उम्मेदवार रहेका छन्।

सुदूरपश्चिम प्रदेशसभाका प्रदेश सदस्य ५३ जना, ८८ स्थानीय तहका प्रमुख तथा उपप्रमुख १ एक ७६ गरी कुल २ सय २९ मतदाता रहेका छन्। अहिलेसम्म २२७ जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए। २ जनाले मतदान गर्न बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.