|

डडेल्धुरा : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र सूचना प्रविधि विधेयकविरुद्धमा डडेल्धुरा सदरमुकाममा सत्तारुढ र प्रतिपक्ष दलका शीर्ष नेताहरुको पुतला दहन गरिएको छ। 

बिहीबार साँझ जिल्ला सदरमुकामको भीमदत्त शालिक नजिकै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेपाली कांग्रेस सभापतिका सभापति शेरबहादुर देउवाको पुतला दहन गरिएको हो। डडेल्धुरा देउवा गृहजिल्ला हो।

एमसिसी नेपालको स्वाधीनताविरुद्ध भएको र सूचना प्रविधि विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै दुवैको खारेजीको माग गर्दै नेताहरूको पुतला दहन गरेको पदम भण्डारीले बताए। सरकारले नागरिकको स्वतन्त्रता र अधिकार कुण्ठित पार्ने काम गरिरहेकाले र नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसिसीअगाडि सारेको भन्दै जिल्ला सदरमुकाममा मोटरसाइकल ¥याली र पुतला दहन गरेका हुन्।

‘भारतीय विस्तारवाद मुर्दावाद, एमसिसी सम्झौता खारेज गर, सूचना प्रविधि विधेयक खारेज गर’लगायका नारा लगाउँदै युवाहरूले सदरमुकाम बागबजार क्षेत्रमा नेपालको झण्डासहित प्रदर्शन गरेका हुन्। सरकारले माग पूरा नगरे थप आन्दोलन चर्कोउने चेतावनी पनि दिएका छन्। यसअघि बुधबार पनि जिल्ला सदरमुकाम युवाहरूको समूहले राँके जुलुस निकालेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.