|

दाङ : राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ अन्तर्गत दाङमा भएको मतदानमा १५ मत बदर भएको छ।

निर्वाचनमा खसेको कुल ३०३ मतमध्ये १५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ। कुल ३०५ मतदातामध्ये ३०३ जनाले मात्रै मतदान गरेका थिए। 

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने प्रावधान छ। प्रदेशसभा सदस्यतर्फ ८७ जना र प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तहका २१८ जना जनप्रतिनिधिहरु मतदाता भए पनि प्रदेश ५ का नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ। उनीबाहेक सबै प्रदेश सांसदको मत खसेको छ।

स्थानीय तहअन्तर्गत २१८ मध्ये २१७ मत खसेको छ। बाँकेको नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती श्रीवास्तवले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.