|

काठमाडौं : विदेशी सरहरको सुविधा नपाएको भन्दै लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका नेपाल एयरलाइन्सका अधिकांश नेपाली पाइलट तथा को-पाइलटले राजीनामा बुझाएका छन्। उनीहरूले बिहीबार साँझ व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन्। 

नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन्। तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन्।

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामामा बुझाएका हुन्।नेपाल एयरलाइन्सका निमित्त कार्यकारी निर्देशक गणेशबहादुर चन्दका अनुसार बिहीबार २५ जनाले व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन्। 

राजीनामा दिने पाइलट तथा को-पाइलटहरुले काम बढी नेपालीलाई र सुविधा बढी विदेशीलाई दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। विदेशी पाइलटले पाउने तलबको कर समेत नेपाल एयरलाइन्सले तिरिदिने गरी सुविधा दिएको छ। विदेशी पाइलटले सातामा ४६ घण्टा र नेपाली पाइलटले सातामा ९८ घण्टा काम गर्दा पनि समान ज्याला त्यसमा पनि विदेशी पाइलटको सरकारले आफैंले कर तिरिदिने गरेको पाइलटहरूको गुनासो रहेको छ।

पाइलटहरुले व्यवस्थापनलाई तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने विकल्प दिएका छन्। 

एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले राजीनामामा दिएका छन्। निगम व्यावस्थापले भने पाइलटहरूको धम्की मात्रै भएको बताएको छ। 'सुविधा माग त हुनेनै भयो तर राजीनामा भनिए पनि यो सु-सूचित गर्न खोजेको हो, निगमलाई धम्कायएको हुनसक्छ‚'  निगमका एक अधिकारीले भने। 

निगमका निमित्त कार्यकारी अध्यक्ष चन्दले भने नयाँ व्यवस्थान आएपछि यी मागको सवालमा सुनुवाइ हुने बताउँछन्। 'हामीले मन्त्रालयमा लैजान्छौँ, नयाँ व्यवस्थापनले उहाँहरूको मागको सुनावाई गर्नु हुनेछ' चन्दले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.