|

बाग्लुङ : बरेङ गाउँपालिका–२, सुदालाका ददीराम शर्माको परिवारले प्रहरी चौकीलाई पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्। 

शर्मा परिवारले प्रहरी चौकी सुदाला हुग्दशीरका लागि करिब पाँच लाख मूल्य बराबरको ५ रोपनी १ दाम १ आना जग्गा प्रदान गरेका हुन्। नेपाल सरकारको निर्णयअनुसार प्रहरी चौकी नभएका गाउँपालिका केन्द्रहरुमा चौकी स्थापना गरेर नयाँ भवन निर्माण गरिँदैछ। 

‘भाडामा भवन उपलब्ध गराउने र जग्गा उपलब्ध गराउने पालिकामा चौकी स्थापना गर्ने निर्देशन थियो,’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने बरेङ पहिलो गाउँपालिका हो।’

बिहीबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा जग्गा धनी शर्माले लालपूर्जा हस्तान्तरण गरेका छन्। जग्गाको लालपुर्जा ग्रहण गर्दै प्रहरी प्रमुख भट्टले तत्काल भवन निर्माण र चौकी स्थापनाका लागि पहल गर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.