|

काठमाण्डौं :  थापाथली कोरेडोर हुँदै टेकुसम्म फैलिएको टेकुघाट वरपर मन्दिरलगायत विभिन्‍न पुरातात्विक सम्पदाहरु छन्‌। वि.सं. २०७२ बैशाख १२ गते चलेको भूकम्पीय धक्काका कारण यहाँका सम्पदाहरु पनि क्षतिग्रस्त भए, जसको अहिले मर्मत  र पुनर्निमार्ण गरिँदैछ। 

टेकुघाट वरपर रहेको गुठीजग्गामा निकै अघिदेखि मानव बसोबास रहिआएको छ। नदी किनारमा बसोबास गर्ने हुनाले यस वरपर फोहोर फाल्ने र लुगा धुने कामले उपत्यकाका प्रमुख दुई नदी बाग्मति र बिष्णुमतिलाई थप दूर्गन्धित बनाइरहेको छ। 

मन्दिर क्षेत्र पूनर्निर्माण हुँदै गरेको र मानव गतिविधीका कारण यो क्षेत्र निकै अस्तव्यस्त देखिएको छ। यो क्षेत्र अस्तव्यस्त हुनुको प्रमुख कारण चाहिँ अतिक्रमण नै हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.