|

रौतहट : प्रदेश २ उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले रौतहटको फतुवा विजयपुर नगरसभा बदर गर्न आदेश दिएको छ।

उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय दिल्लीराम आचार्य र अन्जु उप्रेतीको संयुक्त इजलासले बिहीबार फतुवा विजयपुर नगरपालिकाको तेस्रो नगरसभा अवैध ढंगले भएको ठहर गर्दै बदर गर्ने आदेश दिएको हो। मुद्दाका प्रतिवादी फतुवा विजयपुर नगरप्रमुख गोपाल प्रसाद यादवको तर्फबाट तीनजना र वादी उप प्रमुख कान्तिदेवी महतोको तर्फबाट चार जना कानु ब्यबसायीले बहस गरेका थिए।

कानुन व्यवसायीको वहसपछि न्यायाधीश द्वयको संयुक्त इजलासले गत पुस ११ गते भएको तेस्रो नगरसभा बदर गर्ने निर्णय भएको फतुवा विजयपुर नगरपालिका १ का वडाध्यक्ष संजय साहले जानकारी दिए। तेस्रो नगरसभामा अल्पमतमा रहेका नगर प्रमुख यादव जबरजस्ती नगरसभा गरेको उप प्रमुख कान्तीदेवी महतोको दाबी छ। 

नगरपालिकाको आन्तरिक आम्दानीसहित कुल १७ करोड रुपैयाँ बजेट रहे पनि नगर प्रमुख यादवले मात्र ८ करोडको विकासको योजना बाँडेर बाँकी रकम अनियमितता गर्ने मनसायले नगरसभा गराएको भन्दै उप प्रमुख महतो उच्च अदालत अस्थायी इजलास वीरगंजमा मुद्दा दायर गरेकी थिइन्। 

नगर सभा नहुँदा अहिलेसम्म सो नगरपालिकाका शिक्षक तथा बिभिन्न कर्मचारीले तलब पाउन सकेका छैनन्। यति मात्र नभइ बालबालिकालाई दिइने खाजा सेवा समेत प्रभावित बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.