|

सुर्खेत : ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ शुक्रबार भएको कर्णाली प्रदेश विकास परिषदको वैठक सकिएको छ।

परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी सुर्खेतमा वसेको वैठक कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदामाथि छलफल गर्दै सम्पन्न भएको हो। वैठकमा सहभागी परिषद सदस्यहरूले योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा मूलभूत रुपमा सही भए पनि अझै वस्तुनिष्ठ बनाउन सुझाव दिएका छन्।

प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेपछि वैठकमा सहभागी परिषद सदस्यहरूले आधार पत्रका बारेमा आ-आफ्ना सुझाव राखेका थिए। वैठकमा ४३ जना परिषद सदस्यहरूले सुझाव राखेका थिए।

वैठकमा वोल्दै परिषद अध्यक्ष एवं मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली, सुखी कर्णालीवासी बनाउने दायित्व सवैको भएको वताए। उनले समृद्ध प्रदेशको एजेण्डामा सवैको एकता आवश्यक भएको बताउदै रचनात्मक रुपमा अघि वढनु पर्नेमा जोड दिए।

मुख्यमन्त्री शाहीले कर्णालीमा लगानीमैत्री वातावरण वनाउन सरकार गम्भीरतापूर्वक लागेको बताए। उनले ५ वर्षमा ११४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार १ सय डलर पुर्‍याउने लक्षका साथ सरकार अघि वढेको पनि बताए।

वैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनवहादुर शाहीले कर्णाली प्रदेशलाई सुखारी बनाउने भनेको सडक भएको वताउदै जिल्ला सदरमुकामसम्म सडक नै नपुगेको वेला जलमार्ग, हिमाली एअरपोर्ट, विद्युतीय रेलमार्ग जस्ता योजना काल्पनिक देखिने धारणा राखे।

कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान वमोजिम गठित प्रदेश विकास परिषदको शुक्रबार सम्पन्न वैठकमा प्रदेश सरकारका मन्त्री, कर्णाली प्रदेश सभाका संसदीय दलका नेता, संसदीय समितिका अध्यक्ष, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिव, कर्णाली प्रदेश भित्रका सवै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका प्रमुखहरूको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.