|

काठमाडौं : काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । 

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं इशान’ र ‘काठमाडौं आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं नैऋत्य’, काठमाडौंको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौं उत्तर’को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको समाचार गोरखापत्र दैनिकमा छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले प्रस्तावित चारवटै स्मार्ट सिटीको ‘डीपीआर’ भइसकेको जानकारी दिए । तिवारीले सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष मङ्गलबार ‘डीपीआर’बारे प्रस्तुतीकरण गरे । तिवारीका अनुसार प्रस्तुतिपछि मन्त्री बाँस्कोटाबाट स्मार्ट सिटी आयोजनालाई तीव्र्रता दिन निर्देशन भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.