|
फाइल फोटो

काठमाडौँः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन्।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली‚ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल चलिरहेको छ। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न शीर्ष नेताहरु छलफलमा जुटेको बताइएको छ। 

लामो कसरतपछि नेकपाले सभामुखको उम्मेदवार चयन गरेको छ। कांग्रेसले अहिले उपसभामुखको दाबी गरिरहेको छ। आइतबारबाट प्रतिनिधिसभा सभामुखको निर्वाचन हुँदैछ। त्यसैले शनिबारको शिर्ष नेताहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

उपसभामुखमा कांग्रेसले आफ्नो दाबी गरिहे पनि राष्ट्रियसभाको निर्वाचनमा राजपासँग सहकार्य गरेको नेकपाले उपसभामुख राष्ट्रिय जनता पार्टीलाई दिने सम्भावना पनि उत्तिकै बलियो छ। त्यसैले शीर्ष नेताहरुको बैठकमा उपसभामुखको विषयमा पनि छलफल हुने स्रोतको दाबी छ। 

यता, गत शनिवार भएको शीर्ष नेताहरुको छलफलले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम टुंगोमा पुर्‍याएका थिए। शनिबारको भेटमा आयोगलाई अगाडि बढाउने, पदाधिकारी बाँडफाडको विषय, उपसभामुख लगायतको बिषयमा छलफल हुने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.