|

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मजदुर र सर्वहारा वर्गपनि विश्व राजनीतिक रंगमञ्चमा उदाएको बताएका छन्। 

शनिबार बिहान गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा लिखित 'जनताको जनवादका आधार' पुस्तकको लोर्कापण गर्दै अध्यक्ष दाहालले नेपालमा भएको कम्युनिष्ट आन्दोलनले गर्दा मजदुर र सर्वहारा वर्ग पनि विश्व राजनीतिमा सफल भएका बताएका हुन्। 

कम्युनिष्ट आन्दोलनपछि मात्रै नेपालमा श्रमजीवि वर्गको हक-अधिकार सुनिश्चित भएको प्रचण्डले दाबी गरे। चीन र भियतनामको तुलनामा सामन्तवादविरुद्ध नेपालमा गरेको क्रान्ति फरक भएको उनले दाबी गरे।

नेपालमा कम्युनिष्ट पार्टीले मात्रै पूँजीपतिहरुलाई पनि सहयात्री बनाएर क्रान्ति सफल पारेको दाहालले बताए। उनले भने, 'जनताको जनवाद भन्‍नुको अर्थ समाजवादमा पुग्‍ने आधार तयार गर्नु हो।'

‘कम्युनिष्ट पार्टी र पूँजीपति वर्गको साझा नेतृत्वबाट मात्र नेपालको क्रान्ति टुङ्गोमा पुग्छ,’ दाहालले भने, ‘नेपालको क्रान्ति नयाँ जनवादी क्रान्ति वा पुरानो पूँजीपति क्रान्ति दुवै नभएकाले यसलाई नेपालको मौलिक क्रान्तिकै रुपमा बुझ्नु आवश्यक हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.