|

डडेल्धुरा : डडेल्धुराका दुई स्थानीय तहले सुशासन र पारदर्शिताका एवं छिटो छरितो सेवा प्रवाहका लागि थप तीन नयाँ प्रविधि प्रयोगमा ल्याएका छन्।

जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाले सूचना प्रविधि अत्याधिक प्रयोग गर्न न्यायिक व्यवस्थापन, कृषि कार्यक्रम, पूर्वाधार व्यवस्थापन प्रणाली, इ-सिफारीस मोबाइल एप्लिकेशनकै रूपमा सञ्चालन हुने भएको छ।

क्यानेडियन सरकार र सेसी नेपालको आर्थिक सहयोग तथा ग्रामीण वातावरण विकास केन्द्र नामक गैरसरकारी संस्थाको सहकार्यमा थप प्रविधिमन्त्री स्थानीय तह बनाउन अभ्यास भइरहेको जनाएको छ।

पूर्वाधार व्यवस्थापनले कहाँ कुन योजना बन्दै छ, कहिले सम्झौता भयो, कहिले सकिँदै छ, उपभोक्ता समितिको विवरण, कति काम भएको छ?लगायत सम्पूर्ण जानकारी यसमा अपडेट रहने सुशासन परियोजना डडेल्धुराका जिल्ला संयोजक मेनका शाहीले बताइन्।

‘हामीले विगतमा दिनमा मोबाइल एपबाट सूचना आदानप्रदान गर्ने, सुशासन र पारदर्शिताका लागि स्थानीय सरकार र नागरिकबीचको सूचना प्रवाहदेखि लिएर पारदर्शिता, जवाफदेहितालगायतका विषयलाई विगतमा जोड दिएका थियौँ,’ उनले भनिन्, ‘अब त्यसैलाई टेकेर फेरि हामी थप एपहरू ल्याएका छौँ।’

सूचनाको हकलाई उपयोग गर्दै नागरिक

अहिले डडेल्धुराका दुई स्थानीय तह अमरगढी नगरपालिका र नवदुर्गा गाँउपालिकामा पारदर्शिता, जवाफदेहिता र सुशासनबारे सचेत भएपछि नागरिकले सूचनाको हकलाई उपयोग गर्ने थालेका छन्।

अहिले यहाँका स्थानीय सूचना माग्दा कसरी माग्ने, नदिएमा कसरी उजुरी गर्ने, योजना माग गर्दो नीतिलाई हेरेर माग गर्नुपर्ने विषयमा जानकारी पाइरहेका छन्। स्थानीय सरकारलाई बढीभन्दा बढी कसरी जवाफदेही बनाउन सकिन्छ, कसरी पारदर्शिता बनाउन सकिन्छ र कसरी स्थानीय तहसँग साझेदारी गरेर अगाडि बढाउन सकिन्छ भनेर सदरमुकाममा नागरिक पाठशाला कार्यक्रम सञ्चालन भइरहेको छ।

विभिन्न प्रविधिका माध्यम मोबाइल एप्लिकेशन, म्यासेजिङ सिस्टम, डाटा पोर्टल तथा तथ्यांकीय पोर्टलमार्फत आमनागरिकलाई सूचनाको पहुँचमा पुर्‍याउन लागिएको छ।

सरकारले स्वस्फुर्त रुपमा खुलासा गर्नुपर्ने २० वटा सूचना नागरिकलाई जानकारी पाउनुपर्ने सुशासन परियोजना डडेल्धुराका जिल्ला संयोजक शाहीले बताइन्।  उनले भनिन्, ‘नागरिकले न मागेपनि स्थानीय सरकारले स्वस्फुर्त रुपमा खुलासा गर्नुपर्छ।’

अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाले संचालन गर्दै आएका हरेक किसिमका क्रियाकलापलाई चुस्त दुरुस्त राख्न, नागरिक समक्ष पुर्याउन र पारदर्शि बनाउन विभिन्न सुशासन र जवाफदेहिता क्रियाकलाप जस्तै अरू स्थानीय तहहरुले पनि यी प्रविधि प्रयोगमा ल्याउन् भने उद्देश्यले शुक्रबार स्थानीय सरकार र सरोकावालासँग सुशासन र प्रविधिको प्रयोगसम्बन्धी सिकाइ आदानप्रदान कार्यक्रम गरिएको छ।

अमरगढी नगरपालिकाको आयोजनामा क्यानेडियन सरकार र सेसी नेपालको आर्थिक सहयोग तथा ग्रामीण वातावरण विकास केन्द्र नामक गैरसरकारी संस्थाको सहकार्यमा कार्यक्रम सपन्न गरिएको हो। अन्य सहभागी स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो पालिकामा यस्ता कार्यक्रम संचालनका लागि सहयोगी संस्थासंग माग गरेको अजयमेरु गाउँपालिकाकी उपाध्यक्ष कलावती भाँणले बताइन्।

अहिले डडेल्धुराको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा सुशासन अभिवृद्धि गर्न विभिन्न कार्यक्रम संचालन भइरहेका छन्। यस्ता प्रविधिको प्रयोग गर्ने इच्छुक रहेका आफनो कार्यक्रम बाहिरका स्थानीय सरकारलाई केही हदसम्म प्राविधिक सहगोग गर्ने सकिने सेसि नेपालका क्षेत्रीय संयोजक महेन्द्र शाहीले बताए।

अमरगढी नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझाले आफ्नो नगरपालिका प्रविधिमन्त्री रहेको दाबी गरे। सेसि नेपालको सहयोगमा अमरगढीमा टेक्नोहपदेखि मोबाइल एफसम्म सञ्चालन गरि राम्रो सेवा प्रवाह भएकाले सबै स्थानीय तहमा प्रयोगमा ल्याउन सुझाव उनले सुझाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.