|

बुटवलः प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक नभएको बताए। 

प्रेस संगठन नेपाल, प्रदेश ५ को प्रथम भेलालाई शनिबार बुटवलमा संवोधन गर्दै मुख्यमन्त्री पोख्रेलले भने, ‘मैले दाङ राजधानी हुनुपर्छ भनेर चुनाव लडेँ। पार्टी महासचिव विष्णु पौडेल पनि बुटवल राजधानी बनाउछु भनेर चुनाव लडनुभो। अब मेरो पनि कुनै निजी विचार छैन। महासचिवले पनि पत्रकारलाई फोन गरेर राजधानीको विषयमा लबिङ नगर्नुहोस्-नबोल्नुहोस्’ उनले थपे, ‘सहमतिकै आधारमा प्रदेशको राजधानी र नामकरण टुंगो लगाउँछौं। पूर्व लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञान त्यागेर साझा मनोविज्ञान बनाउँदै आवश्यक छ’ राजधानीको विषयले जोड्ने हो।

विभाजित गर्ने नभएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो। प्रदेशको चलिरहेको हिउँदे अधिवेशनमा यो विषयले टुंगो लाग्ने बताइन्छ। कलमको माध्यमबाट समाज रुपान्तरणमा लागेका पत्रकारले गम्भीर समीक्षा बिनासमाचार लेख्न नहुने मुख्यमन्त्री पोख्रेलको भनाइ थियो। प्रेस संगठनमा आवद्ध पत्रकार वर्तमान र भविश्यलाई जोड दिएर अगाडि बढ्न आवश्यक रहेको मुख्यमन्त्री पोख्रेलले औंल्याए। 

केन्द्रका ‘विग मिडिया हाउस’को एजेण्डलाई मोफसलका पत्रकारले बोक्नुपर्ने अवस्थामाले गर्दा सरकारले गरेको राम्रा कामको पनि चर्चा हुन नसकेको उनले बताए। ‘केन्द्रको टेवलमा बसेर समाचार खोज्न लगाउने। अनि तपाईंले लेख्ने, भन्ने बेलामा स्वतन्त्र भने पनि नचाहिँदो ढंगबाट गोटी बनिरहनु भएको छ’ उनले भने। 

मुख्यमन्त्री पोख्रेलले राज्यविरूद्धका मनोविज्ञान परिवर्तन गर्न जरूरी रहेको बताए। ‘हामीले लामो समय देशलाई विद्रोही भनेर गुजार्यौं। अव बिद्रोहको आवश्यकता छैन। अहिलेको राज्य जनताले निर्माण गरेको हो। अब जनता विद्रोही बन्न मिल्दैन’ उनले थपे, ‘परम्परागत र प्रतिक्रियाबादी अहिलको व्यवस्था छैन। अब राज्य पक्षधार स्थापित गर्न जरुरी छ।’ 

राज्यविरुद्ध हिडेको नेत्रविक्रम चन्द विप्लव नेतत्वको नेकपाको आन्दोलन सही नभएको मुख्यमन्त्रीको थियो। ‘हिजो गरिएको बिद्रोह र आज गरिने विद्रोहको परिस्थिति फरक छ। हिजो राजसस्था थियो। सामन्तवाद थियो। बिद्रोह आवश्यक थियो। आज जनताको राज्यव्यवस्था र गणतन्त्रमा विद्रोह आवश्यक छैन।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारले प्रेसलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारे। उनले भने, ‘राज्यले प्रेसलाई नियन्त्रण गर्न खोजेको होइन।व्यवस्थित बनाउन चाहन्छ। सरकारले प्रेसलाई नियन्त्रण गर्न खोज्यो भन्ने दुस्प्रचार भएको छ। यसलाई चिर्न जरुरी छ।’

थापाले पत्रकार संगठनको शपथ ग्रहणलाई अतिरञ्जित गर्न विषयान्तर गरिएको बताए। कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले प्रेस संगठन एकतावद्ध हुँदै अगाडि बढनु पर्ने बताए। प्रेस संगठन नेपालका इन्चार्ज, सरकारले पत्रकारितालाई व्यवसायिक बनाउदै लगेको बताए।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले राम्राका कामका समाचारलाई पत्रकारलाई प्राथामिकता दिनुपर्ने बताए। कार्यक्रममा प्रेस संगठनका संयोजक महेश्वर दाहाल संगठन एकताबद्ध भएर अगाडि बढनु पर्ने बताए। संगठनका सहसंयोजक गणेश बस्नेत यो वर्ष पत्रकार महासंघको चुनावी वर्ष पनि रहेकोले चुनाव जित्ने गर्न लाग्न सबैलाई आग्रह गरे। 

नेपाल पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष मौसम रोकालगायतले बोल्दै प्रेस संगठन एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताए। भेलामा प्रदेश ५ मा १२ वटै जिल्लाका प्रेस संगठनमा आवद्ध पत्रकारहरू सहभागी थिए। प्रेस संगठन नेपाल प्रदेश संयोजक सविन प्रियसनको अध्यक्षता, संगठनका रुपन्देहीका संयोजक अमृत गिरीको स्वागत तथा सह संयोजक मानसिंह विश्वकर्माको सञ्चालनमा कार्यक्रम भएको थियो। 

बुटवल घोषणापत्र जारी

प्रेस सङगठन नेपाल, प्रदेश ५ को प्रथम भेलाले बुटवल घोषणापत्र जारी गर्दै पत्रकारकारको क्षमता अभिवृद्धि र यसको अध्ययन अनुसन्धानका लागि प्रादेशिक आमसञ्चार प्रतिष्ठान गठनको माग गरेको छ। संगठनले न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेबमोजिम तोकिएको पारिश्रमिक पत्रकारले नपाएको गुनासो भएकाले कार्यान्वयन गर्न समेत माग गरेको छ।

प्रदेशस्तरीय मिडिया विकास कोष स्थापनाका लागि माग गर्दै घोषणापत्रमा समाचार लेखेकै विषयलाई लिएर रुपन्देहीका प्रहरी उपरीक्षक हेम थापाले भैरहवामा कार्यरत पत्रकार माधव न्यौपानेलाई मानसिक यातना दिने काम गरेको प्रति खेद व्यक्त गर्नुका साथै पेशागत सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको समेत उल्लेख छ।

भेलाले प्रदेशभरका १२ जिल्लाका प्रेस संगठनको जिल्ला नेतृत्वलाई अनुमोदन समेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.