|

दाङ : लोपउन्मुख कुसुण्डा भाषा सिकाउने गुरुआमाका रूपमा चिनिएकी दाङ लमहीकी ज्ञानीमैया कुसुण्डाको निधन भएको छ। शनिबार दिउँसो साढे १२ बजेतिर ८५ वर्षीया कुसुण्डाको लमही नगरपालिका-५ कुलमोहरस्थित आफ्नै घरमा मृत्यु भएको हो।

दम र उच्च रक्तचापले गर्दा पुस २७ गतेदेखि बिरामी ज्ञानीमैयाको उपचार दाङ, बाँकेलगायतका अस्पतालमा भएको थियो। उपचार सम्भव नभएपछि उनलाई केही दिन पहिले मात्रै घर ल्याइएको थियो। लोपउन्मुख कुसुण्डा भाषा पूर्णरूपमा जान्ने व्यक्ति देशभर जम्मा दुईजना मात्रै थिए। त्यसमध्य ज्ञानीमैया मूल स्रोत व्यक्तिको रूपमा रहेकी थिइन्। अन्तिम समयसम्म पनि उनले नयाँ पुस्तालाई घरमै कुसुण्डा भाषा सिकाउने गर्दै आएकी थिइन्।

केही विदेशीहरूसमेत ज्ञानीमैयाको घरमै बसेर कुसुण्डा भाषा सिकेका थिए। उनीहरूले ज्ञानीमैयाको वृत्तचित्रसमेत निर्माण गरेका छन्। त्यसैगर कुसुण्डा भाषाको एक अनुसन्धानकर्ता उदय आलेले ज्ञानीमैयाको मृत्युले अतुलनीय क्षति पुगेको बताए। अनुसन्धानकर्ता आले र केही विदेशी नागरिकले पनि उनको बारेमा किताबहरू लेखेका छन्। आफ्नो भाषा संरक्षणमा सधैँ चिन्ता व्यक्त गर्ने ज्ञानीमैयाको मृत्युले भाषा नै लोप हुने चिन्ता थपिएको आलेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.