|

धनकुटा : सोनाम ल्होछार तथा मञ्जुश्री सम्वत् २८५६ को अवसरमा शनिबार धनकुटाको हिलेमा विशेष सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ। सो अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारले गीत प्रस्तुत गरे। लोकप्रिय गायक जगत घिसिङ, मिलन तामाङ र गायिका मनिका मोक्तान पनि सांगितिक प्रस्तुति दिएका थिए। अधिकांस सेलो भाकामा गीत प्रस्तुत गरे।

ल्होछारको अवसरमा हिलेको तोङ्बा चोकदेखि जातीय मौलिक भेषभुषा र झाकीसहित बजार परिक्रमा गरिएको थियो। तामाङ घेदुङ धनकुटाको आयोजनामा गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले मुलुकमा सबै जातजातिको मौलिक संस्कृतिको समान महत्व हुने धारणा राखे।

ल्होछार परम्पराले तामाङ जीवन र ताम्वा दर्शनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने उनले बताए। घेदुङका केन्द्रीय सदस्य लालचन्द्र गोङ्वा, तामाङ घेदुङ प्रदेश समितिका सचिव निरेन तामाङ, नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजयसन्तोषी राईलगायतले जातीय संस्कृतिको उत्थानका लागि राज्य पक्षले चासो दिनु पर्नेमा जोड दिए। सांस्कृतिक कार्यक्रम हेर्न जिल्लाको विभिन्न स्थानबाट सर्वसाधारणको उल्लेख्य भीड रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.