|

म्याग्दी : युवाको क्षमता र नेतृत्व विकासमा क्रियाशील संस्था म्याग्दी जेसिजको नेतृत्व चयनको लागि मतदानबाट सुजन वरुवाल चयन भएका छन्।

गत पुस २६ गते आयोजित २१औँ शाखा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अन्ततः शनिबार निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।

सन २०२० को लागि म्याग्दी जेसिजको अध्यक्ष पदमा दाबेदार बनेका सुजन बरुवाल र शैलेश श्रेष्ठ बीचमा भएको मतदानमा ४१ मतले श्रेष्ठलाई पछि पार्दै बरुवाल अध्यक्षमा निर्वाचित भएका हुन्। शनिबार भएको मतदानमा श्रेष्ठले १३ मत प्राप्त गरे।

अध्यक्ष पदमा दावी गरेका भरत रकाल र वीरेन्द्र श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि बरुवाल र श्रेष्ठबीचमा मतदान भएको हो। म्याग्दी जेसिजको इतिहासमा पहिलो पटक निर्वाचनमार्फत नेतृत्व चयन गर्न मतदान भएको थियो।

म्याग्दी जेसीजमा ६० जना मतदाता रहेका छन्। १७ सदस्यीय बोर्डमा ७ जना प्रत्येक्ष र ८ जना मनोनित हुने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.