|
फाइल फोटो

काठमाडौं : तेस्रो महिला प्रिमियर फुटसल लिगअन्तर्गत शनिबार भएको खेलमा ढुकु फुटसल, फुटसल एरिना, कुमारी फुटसल र एबिसीले जित हात पारेका छन्।

मण्डिखाटारस्थित ग्रासरुट रिक्रेसनल सेन्टरमा भएको तेस्रो संस्करणको महिला प्रिमियर लिग फुटसलअन्तर्गत दोस्रो साताको खेलमा ढुकुले दि माइटी महिलाजलाई १५-२ को फराकिलो गोलअन्तर्ल पराजित गर्‍यो। यस्तै, फुटसल एरिनाले लाखुर फुटसललाई ३-१, कुमारी फुटसलले बार्सा नेपाललाई ३-२ तथा एबिसीले एमयुएफसी नेपाली गल्सलाई ४-२ ले स्तब्ध पारेका हुन्।

युरोपियन युनियनको मुख्य प्रायोजनमा ६ सातासम्म सञ्चालन हुने प्रतियोगिता हरेक साताको शनिबार मात्र खेल हुनेछ। महिलाहरूलाई खेलमा सक्रियता बढाउने उद्देश्यका साथ सञ्चालन गरिएको प्रतियोगितामा शनिबार दोस्रो साताका खेल सम्पन्न हुँदा कुमारी फुटसलले तीन खेलमा स्पष्ट जित निकाल्दै शीर्षता कायम राखेको छ । कुमारीको ९ अंक रहेको छ। 

समान ३ खेल खेलेबाट २ मा जित निकाल्दा समान ७ अंक जोडेका ढुकु फुटसल, लाखुर फुटसल, फुटसल एरिना र एबिसी क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा छन्। तीन खेलबाट एकमा मत्र जित निकालेको एमयुएफसी नेपाल गल्र्स छैठौं स्थानमा अटाउँदा बार्सा नेपाल र दि माइटी महिलाज जितविहीन छन्।

आठ टोलीको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई प्रायोजकले नेपालमा नै उत्पादन भएका सामग्री पुरस्कार प्रदान गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.