|

सिन्धुली : सिन्धुलीमा यात्रुवाहक माईक्रोबस (हायस) दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। 

आइतवार बिहान झापाबाट काठमाडौं जादैं गरेको बा४ ख ६९६ नम्बरको माइक्रोबस कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्याङस्थित भद्रकाली मन्दिर नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा माइक्रोबसका चालक काठमाडौं महानगरपालिका–११ काँडाघारीका मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। विहान सवा सात बजे ढुंग्रेभञ्याङ स्थत भद्रकाली मन्दिर नजिक पुगेको माइक्रोबस बाक्लो हुस्सु लागेकाले अध्यारो हुदाँ दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

माइक्रोबस सडकबाट करिव ४० मिटर तल खसेको सूचना अधिकारी खत्रीले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.