|

सल्यान : कुमाख गाउँपालिका–२ स्विकोट रुमालगाउँमा रहेको एक हजार वटाभन्दा बढी चमेरा रहेको भूमेश्वर गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

स्थानीय प्रेम भाटका अनुसार गुफाको लम्बाइ झण्डै ५०० मिटर र चौडाइ ४०० मिटर छ। गुफाभित्र पस्ने भाग साँघुरो छ। दुई मिटर ओरालो झरेपछि भित्र फराकिलो भूभाग देख्न सकिने भाटले बताए। उनले भने, ‘भित्र पस्दा चिसो हावा वहने गर्छ, भित्र विभिन्न देवीदेवता, पशुपक्षीका आकृतिहरु देख्न सकिन्छ।’

गुफामा बाह्रै महिना चमेराहरु बस्दै आएको वडा नम्बर २ का वडाध्यक्ष शेरबहादुर रावतले बताए। ‘यहाँ बाह्रै महिना चमेराहरु बस्ने गर्छ। चमेरा हेर्न पनि धेरै मानिसहरु आउने गर्छन्’ उनले भने, ‘यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके पर्यटक भित्र्याउन सकिन्छ।’

गुफाको माथिल्लो भागमा शिव मन्दिर रहेको छ। तर, भौतिक पूर्वाधार र प्रचारप्रसारको अभाव रहेकोे मोतीलाल खत्री बताउाछन्। 

गाउँपािलकाले यस क्षेत्रलाई जिल्लाको पर्यटकीयस्थल बनाउन अध्ययन गर्न सुुरु गरेको बताएको छ। कुमाख गाउँपालिमा रहेका धार्मिक, प्राकृतिक पर्यटकीय स्थलहरुको तथ्यांक संकलन गरेर अध्ययन गरिने गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन्।

‘यस क्षेत्रमा रहेका पर्यटकीय स्थलको तथ्यांक संकलन गरी अध्ययन गर्ने छौं,’ अध्यक्ष बुढाले भनिन्, ‘पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गाउँपालिकाले आवश्यक कदम चाल्ने छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.