|

सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको छ।

कर्णाली प्रदेश सरकारको पछिल्ला बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता तथा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले यस्तो जानकारी दिएका हुन्। 

जसमा चारवटा श्रेणी बनाएर कर्णालीका विभिन्‍न भूगोलमा काम गर्ने कर्मचारी र चिकित्सकलाई चालु आर्थिक बर्षको मंसिर महिना देखी नै लागु हुने गरी प्रोत्साहन भत्ता दिने निर्णय गरेको प्रदेश सरकार प्रवक्ता केसीले बताईन्। 

मन्त्री केसीका अनुसार सुर्खेत जिल्लामा काम गर्ने लाई ४ हजार, सल्यान रुकुम पश्चिम, जाजरकोट र दैलेखमा काम गर्ने कर्मचारीलाई ६ हजार , कालिकोट र जुम्लामा काम गर्ने कर्मचारीलाई ८ हजार र मुगु डोल्पा र हुम्लामा काम गर्ने कर्मचारीलाई १० हजारका दरले मासिक प्रोत्साहन भत्ता प्रदेश सरकारले दिने भएको छ। चिकित्सकहरुका लागि पनि विषेश भत्ताको व्यवस्था कर्णाली सरकारले गर्ने भएको छ। 

यसैगरी चिकित्सकहरुलाई पनि तह र जिल्ला अनुसारको प्रोत्साहन भत्ता प्रदेश सरकारले दिने भएको छ। एघारौं तहका विषेश चिकित्सकले सुर्खेतमा तलबको ७५ प्रतिशत दैलेख जाजरकोट र पश्चिम रुकुम , जाजरकोट र सल्यानमा ९० प्रतिशत कालिकोट र जुम्लामा एकसय प्रतिशत र हुम्ला, डोल्पा र मुगुमा एकसय ३५ प्रतिशत प्रोत्साहान वापतको रकम प्राप्त गर्ने छन्।

नवौं र दशौं तहका चिकित्सकले सुर्खेतमा तलबको ७५ प्रतिशत, जाजरकोट, दैलेख रुकुम पश्चिम र सल्यानमा ८० प्रतिशत, कालिकोट र जुम्लामा ९० प्रतिशत र हुम्ला डोल्पा र मुगुमा एकसय २५ प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्।

 यसैगरी आठौं तहका चिकित्सकले तलबको सुर्खेतमा ५० प्रतिशत, दैलेख जाजरकोट, रुकुम पश्चिम र सल्यानमा ६० , कालिकोट र जुम्लामा ७५ र मुगु डोल्पा र हुम्लामा एकसय प्रतिशत प्रोत्साहान भत्ता पाउने भएका छन्। 

यो भत्ता निति क्लिनिक वा त्यसता संस्थामा काम गर्ने चिकित्सकका लागि भने लागु हुने छैन। यसैगरी प्रदेश सरकार र प्रदेश सभा माताहात काम गर्ने कर्मतारी र निजका परिवारलाई नेपाल सरकारबाट संचालित बिमामा सहभागि गराउने र प्रिमियम प्रदेश सरकारले नै ब्यहोरिदिनेछ।

प्रदेश सरकार माताहात काम गर्ने कर्मचारीलाई ६० दिनको प्रसुती विदा दिने निर्णय पनि सरकारले गरेको मन्त्री केसीले जानकारी दिईन्। यसैगरी प्रदेश सभामा कार्यारत कर्मचारी र मर्यादापालकलाई खाजार खानाखर्च उपलब्ध गराउने पनि प्रदेश सरकारले निर्णय गरेको छ। 

कर्णाली प्रदेश सरकारको हिउँदे अधिवेशन यही माघ २४ गतेबाट शुरु हने भएको छ। कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन यही माघ २४ गते आह्वान गर्ने निर्णय गरेको सरकारमा प्रवक्ता केसीले जानकारी दिईन्। 

यसैगरी कर्णाली सरकारले कर्णाली पर्यटन बोर्डमा एघार जना सदस्यहरुको नियुक्ति पनि गरेको छ। जसमा बबिकिशोर गुरुङ डोल्पा, ललितजंग महत जुम्ला, अदानसिंह कार्की मुगु, वेदबहादुर शाही जाजरकोट, मर्मजंग बम कालिकोट, विष्णुप्रसाद शर्मा दैलेख, पहलसिंह घर्तिमगर रुकुम पश्चिम, लोक बहादुर हमाल हुम्ला, चिन्तामणि शर्मा सुर्खेत, इश्वरी बुढाथोकी सल्यान र लैकु लामा हुम्ला रहेका छन्।

यसैगरी मन्त्री केसीले कर्णाली विमानस्थलको स्तरोन्‍नती गर्ने निर्णय पनि सरकारले गरेको पनि जानकारी दिइन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.