|

  • रमेश रावल

कालिकोट : कर्णालीका गाउँमा कोही नयाँ पाहुना आउँदा र जाँदा दमाहासहित बाजा बजाएर स्वागत गर्ने चलन छ। यो परम्परा परापूर्व कालदेखिको हो। गाउँमा आउने पाहुनालाई पराम्परादेखि दमाहा बजाएर स्वागत गर्ने चलन रहेको कालिकोटका सँस्कृतिप्रेमी चन्द्रप्रसाद कोइराला बताउँछन्।

‘कर्णालीमा विषेश गरेर पाहुना आउँदा दमाहा बजाएर स्वागत गरिन्छ,’ उनले भने, ‘यो आथित्यता भावले गरिने स्वागत हो ।’ कसैले आफ्नो गाउँ-ठाउँका लागि राम्रो काम गरिदियो भने पनि यहाँ मज्जैले सम्मान र स्वागत गरिन्छ।

कर्णालीमा कोही राम्रो काम गरेर गाउँमा आउँदा दमाहा बाजा बजाएर गाउँसम्म लैजादै स्वागत गर्ने चलन रहेको फोइमहादेव गाबिसका स्थानीय शंकर उपाध्याय बताए । ‘गाउँमा कसैले राम्रो तथा बहादुरीको काम गर्‍यो भने पनि दमाहा बजाएर स्वागत तथा सम्मान गर्ने गरेका छौँ,’ कालिकोटको फोइमहादेव गाविसका स्थानीय शंकर उपाध्याय भन्छन्- बहादुरीको काम गर्ने मानिसलाई गरिने स्थानीय सम्मान पनि हो।’

यसैक्रममा कालिकोट जिल्लाको नाग्मगाड सिँचाई कुलो निर्माण भएपछि फोइमहादेव गाविसका बासिन्दाले बुधबार उत्सव मनाए। यस कुलोले सयौँ हेक्टर जमिनमा सिँचाई सुविधा पुर्‍याएपछि स्थानीयले साना सिँचाई परियोजनाका टिम लिडर नरेन्द्रबहादुर लामा, स्विस विकास नियोगका वियनराज श्रेष्ठ र परियोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत आर्यसरत गौतम, परियोजनाका वरिष्ठ इञ्जिनियर टेकबहादुर कार्कीलाई फोइमहादेव १ र २ का बासिन्दाले बाजा बजाएर गाउँ परिक्रमा गराए।

तस्बिरमा हेर्नुहोस् कर्णालीको स्वागत संस्कार


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.