|
फाइल फोटो

हेटौंडा : मकवानपुरको दुई स्थानमा रहेको एनसेल टावरमा आगजनी भएको छ। आइतबार राति भीमफेदी गाउँपालिकाको देउरालीमा रहेको एनसेल टावरमा अज्ञात समूहबाट आगजनी भएको हो।

आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायको नेतृत्वमा प्रहरी टोली पुगिसेकेको छ। 

यता, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा रहेको एनसेलको टावरमा समेत आगजनी भएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली पुगेको छ।

घटनाबारे अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ। यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एनसेल टावरमा आगजनी गरेकाले यस घटना पनि त्यही समूहले गरेको हुनसक्ने प्रहरीले शंका गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.