|

  • नारायण ढुंगाना

कोशी टप्पु : लोपोन्मुख प्रजातिमा पर्ने वन्यजन्तु अर्नाको संरक्षण र वंश विस्तारका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट केही अर्नालाई चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिने भएको छ। यसका लागि अर्ना लिन चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक, संरक्षणकर्मी र पशुचिकित्सकसहित सरोकारवालाहरुको टोली अहिले कोशी टप्पुमा छ।

उदयपुर, सुनसरी र सप्तरी जिल्लामा फैलियोको यस आरक्षबाट पहिलो चरणमा तीनवटा अर्ना चितवन लगिँदैछ। जसमा २ वटा पोथी र एउटा भाले रहनेछन्। कोशी टप्पुबाट स्थानान्तरण गरिएका अर्नालाई शुक्रबार चितवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ।

यसक्रममा बुधबार एउटा अर्ना समाएका प्राविधिकहरुले बिहीबार मध्याह्नसम्ममा अर्को अर्ना पनि नियन्त्रणमा लिइसकेका छन्। नियन्त्रणमा लिइएका एउटा भाले र अर्को पोथी हुन् ।

अर्नालाई चितवन लैजानका लागि तीनवटा ट्रकमा तीन खोरको व्यवस्था गरिएको छ। एउटा जेसिबी लोडर पनि तयारी अवस्थामा राखिएको छ। अर्नालाई नियन्त्रणमा लिनका लागि डाट गनको प्रयोग गरिएको छ। लठ्याएर अर्नालाई नियन्त्रणमा लिने काममा वरिष्ठ पशुचिकित्सक डा. कमल गैरे नेतृत्वको प्राविधिक टोली संलग्न छ।

टोलीमा चितवन निकुञ्ज, निकुञ्ज विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी टप्पु वन्यजन्तु आरक्ष र जियोलोजिकल सोसाइटी अफ लण्डनका प्रतिनिधि सहभागी छन्। यसपटक तीनवटामात्र अर्ना चितवन लगिए पनि ५ भाले र १५ पोथीसहित कुल २० वटा लैजाने योजना छ। यो काम विभिन्न चरणमा जारी रहनेछ।

भिडियो:

 

हेर्नुहोस् तस्बिरहरु:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.