|

चितवन : भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ।  छ  देशका राजदूत, युरोपियन युनियनका प्रतिनिधि, विश्व बैंक एशियाका प्रमुख लगायतका विशिष्ट आज यहाँ आउँदै छन् । 

वागमती प्रदेश र भ्रमण वर्ष सन् २०२० प्रदेशस्तरीय प्रवर्द्धन समितिले राजदूत र विशिष्ट अधिकारीलाई निकुञ्ज घुमाउन लागेको हो। प्रवर्द्धन समितिका सहसंयोजक अनिल लामाले श्रीलङ्का, मलेसिया, अष्ट्रेलिया, भारत, रुस र बेलायतका राजदूतलाई यहाँ घुमाइने र पर्यटकीय गतिविधिका बारेमा अवगत गराइने जानकारी दिए। 

उनका अनुसार विशिष्ट पाहुनालाई निकुञ्जभित्र जङ्गल सफारीसँगै सौराहामा हात्तीका फुटबल, पोलोलगायतका गतिविधि, साँझ रात्रिकालीन भोजसहितको सांस्कृतिक कार्यक्रममा सहभागी गराउन लागिएको छ। 

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार प्रदेश सरकारसँगै जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, सौराहाका मध्यवर्ती सामुदायिक वन, सौराहाका होटल र रेष्टुराँको सहयोगमा कार्यक्रम गर्न लागिएको हो। कार्यक्रममा २१ देशका राजदूत सहभागी हुने योजना भएको भए पनि प्राविधिक कारणले सबै देशका राजदूत उपस्थित गराउन नसकिएको उनले जानकारी दिए। 

गत साता बेल्जियमकी राजकुमारी एष्ट्रिडले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए। भ्रमण वर्षमा विभिन्न देशका राजदूत र विशिष्ट पाहुनालाई भ्रमण गराउन सकेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुने अपेक्षा लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.