समाज

२२ लाख रुपैयाँसहित पक्राउ परेका १६ जुवाडेमा वडाध्यक्ष पनि

माघ १३, २०७६

    काठमाडौं : धनगढी उपमहानगरपलिकाका वडा नं. १० का वडा अध्यक्ष रवीन्द्र शाहीसहित १६ जना जुवाडे पक्राउ परेका छन्। 

    धनगढी उपमहानगरपालिका–३ बाट गएराति गोदावरी नगरपालिका १० का अध्यक्ष गुड्डु भनिने रवीन्द्र शाहीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

    विशेष सूचनाका आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।  उनीहरुको साथबाट २२ लाख ८२ हजार बढी नगद पनि बरामद गरिएको छ। केही व्यक्ति पक्राउ गर्न बाँकी रहेकाले त्यसपछि मात्रै पूर्ण विवरण सार्वजनिक गर्ने बस्नेतले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]