|

काठमाडौं : नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ सोमबार हुँदै छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउन नहुने भन्दै शुक्रबार रिट दायर गरेको थिए। 

आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि रोकिएको थियो। तर, आइतबारबाट सोमबार सरेको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ।

आइतबार सुनुवाइ रोकिएपछि सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। सापकोटाविरुद्ध द्वन्‍द्वकालमा काभ्रेको दाप्चाको अर्जुन लामाको हत्याको आरोपमा सर्वोच्वमा मुद्दा विचाराधीन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.