यात्रुको अटोमेटिक ज्वरो परीक्षण

|

काठमाडौं : कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कमा थर्मल स्क्यानर मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ। विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को समन्वयमा ल्याइएको सो मेसिन गत शुक्रबारबाट सञ्चालनमा आएको हो।

मेसिन सञ्चालनमा आएसँगै अब त्रिभुवन विमानस्थलमा अवतरण गर्ने सबै विमानका यात्रुहरुको ईमिग्रेसनमा जानुअघि नै ज्वरो नाप हुन्छ। यसअघि विमानस्थलस्थित हेल्थ डेस्कका कर्मचारीले चीन, थाइल्याण्ड, जापान र कोरियाबाट आएका शंकास्पद यात्रुको मात्रै स्वास्थ्य परीक्षण गर्ने गरेका थिए।

विमानस्थलस्थित हेल्थ डेस्कका अनुसार थर्मल स्क्यानर जडान भएर सञ्चालनमा आएसँगै अब कुनै पनि देशबाट आएका हवाई यात्रुको अटोमेटिक ज्वरो परीक्षण हुने बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमानस्थलमा रहेको हेल्थ डेस्कमा थर्मल स्क्यानर जडान गरी सेवा सुरु गरेको हो। उक्त स्क्यानरले विमानमार्फत आएका यात्रुको ज्वरो नाप गर्नेछ। सो क्रममा ज्वरो देखिएका बिरामीलाई थप उपचारका लागि अस्पताल लैजाने व्यवस्था गरिएको छ।

स्क्यानर राख्नुअघि विमानस्थलमा रहेको हेल्थ डेस्कका कर्मचारीले संक्रमण देखिएका देशहरु चीन, जापान, अमेरिका, कोरिया, थाइल्यान्ड, सिंगापुर, मलेसियाबाट आएका शंकास्पद यात्रुको मात्र स्वास्थ्य परीक्षण गरिन्थ्यो। तर, स्क्यानरबाट सेवा सुरु भएपछि सबै यात्रुको अटोमेटिक ज्वरो परीक्षण हुने हेल्थ डेस्कका कर्मचारीले जानकारी दिए।

चीनबाट फर्कने क्रममा  आमेरिकी नागरिकलाई चाइना साउद विमानमा नै ज्वरो आएको थियो। ज्वरो आएपछि उनलाई कोरोना भाइरसको शंकामा अस्पतालमा ल्याइएको अस्पतालका एक कर्मचारीले जानकारी दिए। उनका अनुसार अमेरिका नागरिकलाई आवश्यक उपचार सुरु गरिएको छ।

हाल टेकु अस्पतालमा कोरोना भाइरसको आशंकामा अमेरिकी नागरिकसहित तीन जना उपचाररत छन् । चीनको युहान प्रान्तबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सरकारले थप सर्तकता बढाएको हो। ज्वरो देखिएपछि उनलाई कोरोनाको शंकामा अस्पताल लगिएको हो।

यसअघि शनिबारसमेत स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, राज्यमन्त्री नवराज रावत सचिव खगराज बराल लगायतका स्वास्थ्यका उच्च अधिकारीहरु विमानस्थलस्थित हेल्थ डेस्कको निरीक्षणमा पुगेका थिए।

चीनमा डिसेम्बर ३१, २०१९ मा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिले दर्जन बढी मुलुकमा फैलिइसकेको छ।

नेपालमा कोरोना भाइरस पुष्टि भएपछि एयरपोर्टमा चारजना डाक्टर तीनजना संगठनका प्रमुख डाक्टर जोसले नर्स र एकजना एमडी डाक्टर, तीनजना एमबीबीएस डाक्टर पठाइएको छ। विश्व स्वास्थ्य कोरोना संसारकै लागि नयाँ भएकाले यसबारे धेरै रिसर्च भइसकेको छैन। विज्ञहरुले बताउँदै आएका छन्।

कोरोना भाइरस नेपालमा देखिएको पुष्टि भइसकेको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको भएको पुष्टि भए पछि सरकारले देशका केन्द्रिय ठूला अस्पतालहरुलाई भाइरसको उपचारको लागि अलट बस्न निर्देशन दिएको छ।

मन्त्रालयले मन्त्रालयले सतर्क अवस्थामा रहनका साथै वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताललाई आइसोलेसन वार्डबनाएर तीन दिनभित्र योजना पेस गर्न अस्पतालहरूलाई निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलमा विशेषगरी चीनबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न र संकास्पद बिरामीलाई विमानस्थलबाटै शुक्रराजट्रपिक तथा सरुवारोग अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.