काठमाडौं : ललितपुर महानगरपालिकाले अनधिकृत होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ। आज पहिलो दिन सोमबार कुपण्डोल क्षेत्रका विज्ञापन बोर्डहरू हटाइएको ललितपुर महानगरले जनाएको छ।
आर्थिक विकास समितिको निर्णयअनुसार महानगरपालिकाको क्षेत्रभित्र अनाधिकृत रूपमा कर नतिरी बिना स्वीकृति राखिएको विज्ञापन बोर्ड हटाउने अभियान सुरु गरिएको हो।
मंसिर २५ गते सूचना प्रकाशित गरी महानगरले अनाधिकृत रुपमा स्वीकृत नलिई राखिएका डिजिटल बोर्ड, होडिङ्ग बोर्ड, फ्लेक्स बोर्ड, ग्लोसाईन बोर्ड परिचय पाटीलाई व्यावसायिक प्रचार सामग्रीको विज्ञापन गरेबापत कर दाखिला गर्न १५ दिने सूचना प्रकाशित गरेको थियो।
समय तोकी पत्राचार गर्दा पनि अटेर गरी बसेका विज्ञापन बोर्डहरु क्रमिक रुपमा हटाउने अभियान शुरु गरिएको महानगरपालिकाको राजश्व प्रशासन महाशाखाले जनाएको छ।
यसअघि, काठमाडौं महानगरपालिकाले पनि महानगरभित्रका अनधिकृत होर्डिङ बोर्डहरू हटाउने अभियान सुरु गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।