|

काठमाडौं : नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट राजीनामा दिएका छन्। सभामुखको कार्यभार सम्हालेलगत्तै सोमबार एक विज्ञप्ति निकालेर सभामुख सापकोटाले नेकपाबाट राजीनामा दिएको घोषणा गरेका हुन्। 

नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम सोमबार सभामुखको पदभार ग्रहण गरेपछि नेकपाको साधारण सदस्यसमेत नरहने गरी सापकोटाले नेकपाबाट राजीनामा गरेका हुन्।
 
सोमबार विज्ञप्ति जारी गर्दै सापकोटाले संसदको प्रतिनिधिसभाको सभामुखको भूमिका स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्ने जानकारी दिएका छन्। 

‘यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउदँछु’ सापकोटाबाट निकालिएको विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नेकपाको स्थायी कमिटी सदस्य रहेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.