|

जनकपुरधाम : भू-माफियाले मठ-मन्दिरको जग्गा कब्जा गर्न लागेको भन्दै नुनिया समाज नेपालले जनकपुरमा सोमबार प्रदर्शन गरेको छ। प्रदर्शनपछि समाजले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका हुन्।

प्रदर्शनमा सहभागीले प्रेमबाबु प्रसादले राम जानकी नुनिया कुट्टीको जग्गा कब्जा गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले प्रदर्शनका क्रममा प्रेमबाबु प्रसादलाई कारबाही गर, मठ मन्दिरको जग्गा कब्जा गर्न पाइँदैन, भूमाफियालाई फाँसी देऊ जस्ता नारा लगाएका थिए।

नुनिया समाज नेपालकी उपाध्यक्ष उर्मिलादेवी महतोले प्रेमबाबु प्रसादले कुट्टीको पर्खाल पटक-पटक भत्काएको र जग्गा कब्जा गर्न षड्यन्त्रमा लागेको आरोप लगाइन्।उनले मन्दिरमा रहेको राम जानकीको मूर्ति पनि भत्काउने प्रयास प्रेमबाबुले गरेको गुनासो गरिन्।

जनकपुरधाम उपमहानगरपालिका ४ मा नुनिया कुट्टीको ३ कट्ठा १६ धुर जग्गा रहेको छ। उक्त जग्गा कब्जा गर्ने प्रयास भएपछि प्रदर्शन गरेको र प्रशासनले चासो नदेखाए कडा आन्दोलन गर्ने समाजले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.