|

काठमाडौं : चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिन थालेपछि सर्जिकल मास्कको बिक्री अत्याधिक बढेको छ। अमेरिका भने सर्जिकल मास्ककाे स्टक सकिएकाे त्यहाँका अधिकारीहरुले जनाएका छन्। 

अमेरिकी अधिकारीहरुले भाइरसकाे संक्रमणका कारण यसकाे माग अत्याधिक भएपछि स्टक नै सकिएकाे जनाएका हुन्। 

अमेरिकामा रहेको सेन्टर्स अफ डिजिज कन्ट्रोल यान्ड प्रिभेन्सनका अनुसार, भाइरसबाट बच्ने सर्वोत्कृष्ट उपाय भनेको बारम्बार हात धुने, अनुहार नछुने र बिरामी भएकाहरूसँग नजिक नपर्ने नै हो।

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो

अहिले प्रमुख दुईथरी मास्क उपलब्ध छन्। पहिलो, एन ९५ रेस्पिरेटर्स हो र त्यो धूवाँ वा भारी प्रदूषणबाट जोगिन उपयोग गरिन्छन्।  सर्जिकल मास्कहरूले ५ माइक्रोनभन्दा कमका पार्टिकललाई दुर्लभै मात्र फिल्टर गर्छन्। यिनीहरू सर्वत्र पाइने भए पनि कम प्रभावकारी छन्। 

मास्क लगाउँदा व्यक्तिलाई मुख र नाक सिधै छुन रोक्छ र भाइरस तथा कीटाणु पस्ने भनेको नै मुख र नाकमा हात लगेर हो। तर हामीहरू मास्क पूर्ण प्रभावकारी हुन्छ भन्दैनौं। आयोवा विश्वविद्यालयका प्राध्यापक स्ट्यानली पर्लम्यानले बताएका छन्। तर त्यो मास्कले यसलाई  पुर्ण रुपमा  नरोक्ने भन्दै विज्ञहरुले यसको प्रभावकारीतामा नै प्रश्न उठाएका छन्। 

चीनले वुहानमा एक सातामै हजार शय्याको अस्पताल बनाउँदै

चीनमा पनि यसकाे अभाव देखिएकाे छ। स्वास्थ्यकर्मीहरुले पनि मास्क नपाएका जनाएका छन्।  दुईहप्ताअघि चीनबाट फैलिएकाे याे राेग चीनबाहेक एक दर्जनबढी देशमा संक्रमण देखिएको छ।

अस्ट्रेलियामा, हङकङ, जापान, मकाउ, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, ताइवान, अमेरिका र भियतना कोरोना भाइरस पुष्टि भएको छ। नेपालमा पनि एकजनामा कोरोना भाइरस पुष्टि भएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.