|

इटहरी । सरकार गठन भएको करिब दुई वर्षपछि मन्त्रिमण्डल बिस्तार गरेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो सचिवालय पनि बिस्तार बिस्तार गरेका छन् । 

सोमबारको प्रदेश मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको सचिवालयमा तीनजना सल्लाहकार रुपमा थप गर्ने निर्णय गरेको हो। मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा पूर्वसहसचिव महेन्द्र गुरुङ र सूचना प्रविधिविज्ञ किशोर सुवेदीलाई नियुक्त गरिएको छ।

त्यसैगरी प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ गते दिनको ३ बजे बोलाउने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २०७६/०७७ को हिउँदे अधिवेशन आह्वान गर्ने  निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए। सरकारले प्रदेश १ को लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. सरोज कोइराला नियुक्त गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.