|

बैतडी : छुट्टाछुट्टै दुर्घटनामा परी बैतडीमा दुईजनाले ज्यान गुमाएका छन्।

म १ त ११७२ नम्बरको गुडिरहेको ट्याक्टरबाट खस्दा पाटन नगरपालिका १ का ३५ बर्षीय नरेन्द्रराज भट्टराईको मृत्यु भएको छ। 

सिमेन्ट र छड बोकेर पाटनबाट सकारतर्फ जाँदै गरेको ट्याक्टरमा सवार भट्टराई पाटन नगरपालिकाका वडा नं १ को कार्यालय नजिकै खसेका खसेका थिए।

ट्याक्टरबाट खसेर किचिएका उनको घटनास्थलमै ज्यान गएको हो। ट्याक्टर चालक धनगढीका दिनेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैतडीमै नहरमा डुब्दा पुर्चौडी नगरपालिका ६ मानाकोटका ईश्वरराज पन्तकी तीन वर्षीया छोरी लक्ष्मी पन्तको मृत्यु भएको छ। 

घरअघिबाटै लगिएको नहरमा ती बालिका खसेकी थिइन्। सो नहर बेउरेस्वर लघु–जलविद्युत आयोजनाको लागि विस्तार गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.