काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो समय ट्राफिक व्यवस्थापनतर्फ केही सुधार देखिन थालेको छ। प्रमुख चोकहरुमा जडान गरिएको ट्राफिक लाइटका कारण ट्राफिक जामले पीडित काठमाडौंलाई राहत दिएको छ।
टाइमिङ नमिल्दा र सवारीसाधनले लेन अनुशासन पालना नगर्दा केही समस्या देखिएपनि कम्तिमा सडक पार गर्ने यात्रुका लागि ट्राफिक लाइटले धेरै सहयोग पुगेको छ।
सडक फराकिलो पारेर चोकहरु व्यवस्थापन थालिएपनि सवारी साधनको संख्या बढ्दै जाँदा अझै ट्राफिक व्यवस्थापन गर्न चाहिँ हम्मे-हम्मे परिरहेको छ। बानेश्वर चोकमा देखिने ट्राफिक जाम यसैको उदाहरण हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।