रुपन्देही : रूपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने ४ छिपागढमा तीनवटा ट्रक एक-आपसमा ठोक्किएर भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। नाै जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भइसकेको छैन।
भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा जाँदै गरेका तीनवटा ट्रक अनियन्त्रित भई एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर छ। सबै नौ जना घाइतेहरुलाई उपचारार्थ भैरहवा स्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा पठाईएको छ।
बिहान हुस्सु लागेको बेला अत्याधिक गतिमा रहेका ट्रकहरु ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रकसँग परासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरका दुईवटा ट्रकहरु एक-आपसमा ठोक्किएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।