|

दाङ: कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा तुलसीपुर ११ कटाहा निवासी ५१ वर्षीय निमबहादुर पाण्डे रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको  छ। दाङ देउखुरी जिल्ला अदालतले २०५१ जेष्ठ १८ गते उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद फैसला गरेको थियो। 

अदालतले दोषी ठहर गर्दै कैद सजाय फैसला गरेदेखि उनी फरार रहँदै आएका थिए। लुकीछिपी बसेको अवस्थामा मंगलबार बिहान तुलसीपुर बजार क्षेत्रबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। कैद भुक्तानका लागि उनलाई अदालत उपस्थित गराइने प्रहरीले बताएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.